छलफलपछि संयुक्त पत्रकार सम्मेलनको तयारी
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरिँदै छ ।
त्यसअघि २ बजे माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, रास्वपालगायतले पुनः छलफल गर्दैछन् । संसद भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालयमा उनीहरुले छलफल गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी छ । उनीहरुले अस्ति सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफल गरेका थिए ।
उनीहरुले आजको बैठकमा माघ १६ गते सहिद दिवसका दिन काठमाडौं केन्द्रित जनसभा गर्ने निर्णयसँगै संसदको विशेष अधिवेशन मागको निर्णय गर्ने बुझिएको छ । विपक्षी दलहरुले संसदको विशेष अधिवेशनका लागि एक चौथाई सांसदको हस्ताक्षरसँगै हालै जारी अध्यादेशको विरोध गर्ने तयारी छ ।
टिप्पणीहरू