इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा गोली हानेर हत्या गरिएको छ । न्यायाधीशहरू मोहम्मद मोघिसेह र अलि रजिनीको घटनास्थलमा निधन भएको बताइएको छ ।

गोली प्रहारको घटनामा एक जना न्यायाधीश र उनका अंगरक्षक घाइते भएका छन् । गोली हान्ने व्यक्तिले लगत्तै आफैँलाई प्रहार गरेर आत्महत्या गरेका छन् । उनी न्याय विभागका एक जना कर्मचारी रहेको समाचारमा जनाइएको छ ।
 

टिप्पणीहरू