‘संविधान संशोधन होइन, खारेज गर’ भन्दै नाराबाजी
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले राजधानीमा विरोध र्याली निकालेको छ । ‘एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध’ लेखिएको ब्यानरसहित र्याली निकालिएको छ ।
आज मध्यान्ह काठमाडौंको शान्ति वाटिकाबाट शुरु भएको र्याली भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोकसम्म पुगेको थियो । प्रदर्शनकारीहरुले ‘लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर’, ‘संविधान संशोधन होइन, खारेज गर’, भन्दै नारा समेत लगाएका छन् ।
टिप्पणीहरू