समाजवादी प्रेस सँगठनलाई उर्जा दिने प्रण
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले समाजवादी प्रेस सङ्गठन नेपालको नेतृत्वलाई सङ्गठन शुद्धीकरण अभियानका साथ सशक्त ढङ्गले अघि बढ्न आग्रह गरेका छन् ।
सङ्गठन पदाधिकारी तथा सल्लाहकारहरूको आजको बैठकमा पार्टी प्रचार विभाग प्रमुख ज्वालाले सङ्गठनमा आउने जाने क्रम निरन्तर भइरहने हुनाले निराश नहुन अनुरोध गर्दै विधान परिमार्जन, सामाजिक सञ्जाल व्यवस्थित गर्न र थप क्षति हुन नदिई आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिएको बताइएको छ ।
सो अवसरमा सङ्गठन इञ्चार्ज ज्वाला तथा सहइञ्चार्ज दामोदर अर्याल र चमिना भट्टराईको स्वागत र निवर्तमान इञ्चार्ज जगन्नाथ खतिवडालाई बिदाइ गरिएको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, उपाध्यक्ष अस्मिता गिरी, उपमहासचिव प्रेम गौतम, सल्लाहकार, पूर्व अध्यक्ष, पदाधिकारीहरुलगायतले सङ्गठन विगतको समीक्षाका साथ कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
पार्टी निवर्तमान प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाद्वारा सङ्गठनलाई विधि र विधानअनुसार चलाउन, अनुशासित हुन र तोकिएको जिम्मेवारी समयमै पूरा गर्न सुझाव दिँदै आफ्नो सदस्यताको अभिलेख राख्न,पेशागत हकहितका लागि लड्न र राष्ट्रिय भेला गर्न सुझाव दिइएको छ ।
तस्बिरहरु
टिप्पणीहरू