धराने मेयर रित्तो गाग्री बोकेर सिंहदरबार छिर्दै

धराने मेयर रित्तो गाग्री बोकेर सिंहदरबार छिर्दै

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । साताअघि फेसबुकमार्फत् खानेपानी आन्दोलनको घोषणा गरेका उनले प्रतिकात्मक खबरदारीस्वरुप रित्तो गाग्रीको भाडो प्रयोग गरेका हुन् । 

मेयर साम्पाङले भोलि रित्तो गाग्री बोकेरै सिंहदरबार छिर्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवसँग भेट्ने पनि उनको योजना छ । 

साम्पाङले यसअघि पनि पटक पटक धरानको खानेपानी समस्यालाई सम्बोधन गरिदिन सरकारलाई पत्र लेख्दै आएका थिए । तर साढे दुई वर्षसम्म माग सम्बोधन नभएपछि उनले प्रधानमन्त्रीलाई भेटेर रित्तो गाग्री देखाउने निर्णय गरेका हुन् । उनले धरानको भानु चोक पनि रित्तो ग्रागीसहित प्रदर्शन गरिसकेका छन् ।

टिप्पणीहरू