हिउँदे अधिवेशन माघ १८ गतेदेखि

हिउँदे अधिवेशन माघ १८ गतेदेखि
सुन्नुहोस्

सरकारले संसदको हिउँदे अधिवेशन आगामी माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रिपत रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

बर्खे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएकोमा अब हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते दिउँसो १ बजे बस्ने बताइएको छ । सरकारले हालै विभिन्न अध्यादेश ल्याएपछि विपक्षी दलहरुले लोकतन्त्र र जननिर्वाचित संसदको उपहास भएको भन्दै आपत्ति जनाएका थिए । 

केही दिनअघि मात्रै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित छ दलले संयुक्त वक्तव्य जारी गरेर सरकारलाई तत्काल हिउँदे अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

टिप्पणीहरू