अमेरिकाले मुत्युदण्ड जगाउने,तेस्रो लिंगी भगाउने

अमेरिकाले मुत्युदण्ड जगाउने,तेस्रो लिंगी भगाउने

गएराति शपथग्रहणलगत्तै नवनियुक्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक सय कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । पेरिस जलवायु सम्झौतादेखि अभिव्यक्ति स्वतन्त्रतालाई कार्यान्वयनमा ल्याउने र अमेरिकामा मृत्युदण्डलाई पुनर्बहाली गर्नेसम्मको आदेश जारी भएको छ । निष्पक्ष न्याय सुनिश्चित गर्ने कार्यकारी आदेशमा समेत ट्रम्पले हस्ताक्षर गर्नुभएको छ । 

आफूले नयाँ आदेश जारीसँगै निवर्तमान राष्ट्रपति जो बाइडनका ७८ वटा कार्यकारी आदेशलाई उहाँले खारेज गरिदिनुभएको छ । अमेरिकामा अहिलेसम्मकै कडा निर्वासन आदेश भएको छ ।

ट्रम्पले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गर्दै विद्युतीय सवारी साधनलाई प्रवद्र्धन नगर्ने हुनुभएको छ । अमेरिकी सेनालाई अन्यत्र युद्ध लड्न नपठाउने र तेस्रो लिङ्गीलाई उन्मूलन गर्ने घोषणासमेत गर्नुभएको छ ।
 

टिप्पणीहरू