रित्तो गाग्री गेटमा बुझाएर मन्त्रालय पुगे हर्क साम्पाङ

रित्तो गाग्री गेटमा बुझाएर मन्त्रालय पुगे हर्क साम्पाङ
सुन्नुहोस्

 धरान उपमहानगरपालिकाका मेयर हर्कराज सम्पाङ राई रित्तो गाग्री बोकेर सिंहदरबार पुगेका छन् । 

हिजो अपरान्ह काठमाडौँ आएका उनी केही बेरअघि सिंहदरबार छिरेका हुन् । धरानको खानेपानी समस्याबारे संघीय सरकारलाई जानकारी गराउन खानेपानी मन्त्रालय छिरेका उनको रित्तो गाग्री भने गेटमै सुरक्षाकर्मीले खोसेको छ । 

खानेपानी मन्त्री प्रदीप यादवसँग भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने उनको योजना छ । मेयर राईले साताअघि ‘खानेपानी आन्दोलन’को घोषणा गरेका थिए । यसअघि धरानको भानु चोकमा रित्तो गाग्री प्रर्दशन गरेर प्रतिकात्मक सन्देश दिएका उनी आन्दोलनकै क्रममा काठमाडौँ आएका हुन् । 

धरानको खानेपानी समस्याबारे साढे दुई वर्षदेखि सरकारलाई खबर पठाए पनि कुनै सम्बोधन नभएको उनको  भनाई छ । धरानमा मेयर राईकै नेतृत्वमा जन श्रमदानबाट ‘कोकाहखोला खानेपानी अभियान’ थालिएको थियो । अभियानको लागि भनेर देशविदेशबाट जम्मा भएको करौडौँ रकममध्ये उनले खाना र खाजामा धेरै खर्च गरेको भन्दै कतिपयले आपत्तीसमेत जनाएका थिए ।
 

टिप्पणीहरू