कालो रङ्गमा मेयर र उपमेयर (फोटोफिचर)
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह प्रायः कालो पहिरनमा देखिन्छन् । शीरदेखि पाउसम्म कालो लगाएर हिँड्ने बालेनले चुनावताका आफ्नो ‘ड्रेसअप’ को कारण निकै चर्चा पाएका थिए । उनले लगाएको कालो चस्मा ‘ब्राण्ड’ नै बनेको थियो । चस्मा पसलेहरुले ‘बालेन सनग्लासेज’ भनेर पसलमा पोष्टर टाँसेका थिए । उनी विदेश भ्रमणमा जाँदा वा कुनै कार्यक्रममा सहभागी हुँदा कालो पोशाकमै हुन्छन् ।
उनको कालो लुगाप्रतिको मोह पछिल्लो समय उपमेयर सुनिता डंगोलमा पनि सरेको छ । अविवाहित सुनिता जुन कार्यक्रममा जाँदा पनि कालो टोपी र कालो कोटमा हुन्छिन् । महानगर कार्यपालिकाको बैठकमा मेयर बालेन र उपमेयर सुनिता दुवै कालो पोशाकमा देखिन्छन् । बालेन कालो टिसर्ट, कोट र प्यान्टमा हुन्छन् भने सुनिता कालो ‘लङ कोट’ र ‘र्याबिट फर निटेड उलन ह्याट’ मा ।
सुनिताको पोशाकबाट पछिल्लो समय युवतीहरु निकै प्रभावित भएको देखिन्छ । उनलाई कालो टोपीमा सुन्दर देखिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बताउँछन् ।
तस्बिरहरु
टिप्पणीहरू