यता राष्ट्रपति उड्दा उता त्रिशुली र मेलम्चीमाथि फन्को
नेपाली सेनाका दुई वटा हेलिकोप्टर भोलि चार ठाउँमा उडाईंदै छ । बिहान साढे ११ बजे एउटा हेलिकोप्टर शीतल निवासबाट तनहुँ र लमजुङ जाँदै छ भने अर्को नुवाकोटको त्रिशुली र सिन्धुपाल्चोकको मेलम्ची एरियाको आकाशमा उडाउन लागिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल सेनाको एनए ०६७ हेलिकोप्टरमा बिहान साढे ११ बजे तनहुँ जाने कार्यक्रम छ । शीतल निवासका अनुसार उहाँ तनहुँको सहिद पार्क र लमजुङको सोतिपसल पुगेर साँझ काठमाडौं फर्कनुहुनेछ । राष्ट्रपति गृहजिल्ला तनहुँस्थित मंगला विद्यालयको हीरक जयन्तीमा प्रमुख आतिथ्यताको लागि जान लाग्नुभएको हो ।
भोलि नै सेनाले एनए ०५८ अगुस्ता हेलिकोप्टरलाई त्रिशुली र मेलम्चीमाथि उडाउन लागेको छ । मर्मतपछि टेष्ट फ्लाइटको क्रममा हेलिकोप्टरले बिहान १० बजेदेखि उक्त क्षेत्रको आकाशमा फन्को लगाउने बुझिएको छ ।
टिप्पणीहरू