प्रचण्डको निन्दा गर्दै नयाँसँग मिलेर निकाश दिने बाबुरामको बचन
240 shares
![प्रचण्डको निन्दा गर्दै नयाँसँग मिलेर निकाश दिने बाबुरामको बचन](https://janaaastha.prixacdn.net/media/albums/baburam_bhattarai_zJlIhuhh8P.png)
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादी केन्द्रलगायत पुराना पार्टीसँग कुनै हालतमा एकता र सहकार्य नगर्ने घोषणा गर्नुभएको छ ।
विगतमा मुद्दा मिल्नेहरुसँग सहकार्य र एकता गर्दै जाने नीति लिँदा वैकल्पिक राजनीतिको मुद्दा ओझेलमा परेको निचोड सुनाउँदै उहाँले अब त्यस्तो गल्ति नदोहोर्याउने बताउनुभयो । पार्टी सम्वद्ध विद्यार्थी संगठनको राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै डाक्टर बाबुरामले पुराना दलहरु सुध्रिने सम्भवना नरहेको दावीसमेत गर्नुभएको छ ।
संविधानको रक्षाका खातिर गत आम निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्नुपरेको उल्लेख गर्दै उहाँले प्रचण्डका कारण सहकार्य सफल नभएको जिकिर गर्नुभयो । वेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्याय दिन गरिएको प्रयासमा आफूलाई नै सिध्याउने षड्यन्त्र भएको डाक्टरको आरोप छ ।
'माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याहाँभित्र भएको संकट तपाईले देख्नुभएकै छ । जति छोपेपनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेला-बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरुसँग हामीले सहकार्य गरेका हौँ । तर हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे त्यसकारण त्यो कुरा सफल नभएको हो', बाबुरामको भनाई छ ।
त्यसबेला सहकार्य गरेर गल्ति नगरेको तर बेइमानहरुबाट ठगिएको टिप्पणी गर्नुभएका उहाँले मधेसवादी र क्षेत्रीय दलहरुसँग मिल्नुलाई भने गल्ति भएको भनी स्वीकार गर्नुभयो । यद्यपि आन्दोलनबाट आएको शक्ति भएकाले विगतमा उनीहरुसँग एकता र सहकार्य गरिएको स्पष्ट पार्नुभयो । अब भने ति शक्तिसँग मिल्ने कुनै सम्भावना नरेहको पनि बताउनुभयो ।
अहिलेको राजनीतिक प्रणाली र संविधानको रक्षाका लागि विगतमा पटक-पटक अन्य दलसँग सहकार्य गर्नुपरेको बाबुरामको दावी छ । वैकल्पिक राजनीति गर्ने शक्तिहरुसँग भने सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
'वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो’, उहाँ भन्नुहुन्छ ।
240 shares
टिप्पणीहरू