जागिरको नाममा ठगी बढेपछि प्रहरीको चासो

जागिरको नाममा ठगी बढेपछि प्रहरीको चासो
सुन्नुहोस्

रोजगारी दिलाउने नाममा ठगी गर्ने क्रम बढेपछि प्रहरीले आम सर्वसाधारणलाई सचेत गराएको छ । 

आकर्षक रोजगारीको प्रलोभन देखाएर गरिने ठगीबाट जोगिन प्रहरीले सतर्क गराएको हो । प्रहरीका अनुसार पछिल्लो समय विभिन्न विदेशी आईडीबाट नेपालका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरेर रोजगारी दिने बहानामा ठगी गर्ने गरिएको छ । 

‘पछिल्लो समयमा विभिन्न विदेशी आईडीहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघसंस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको पाइएकाले यस किसिमका झुट्टा पोष्टहरुबाट सावधान रहनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

त्यस्तै, ‘घरमै बसी रोजगारी’ भनि सम्बन्धित व्यक्तिको बैंक खाता विवरण लिई उक्त खातामा गैरकानूनी रकम जम्मा गरी अन्य खातामा कारोबार गर्न लगाएको गुनासो पनि बढेको प्रहरीले जनाएको छ । 

प्रहरीले कोही कसैलाई आफ्नो खाताको विवरण नदिन पनि भनेको छ । साथै, ठगीमा परेमा प्रहरीको साईबर व्युरो वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जाहेरी तथा निवेदन दिन अनुरोध गरिएको छ ।
 


 

टिप्पणीहरू