महिलाको गोप्य अंग छोएको निहुँले स्काउटभित्र भाँडभैलो

विदेशी महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका नेपाल स्काउटका एकजना निवर्तमान पदाधिकारीका कारण त्यहाँको नेतृत्व नै फेरबदल गर्नुपर्ने बाध्यता आइपरेको छ । स्काउटको एसिया प्यासिफिक क्षेत्रीय कार्यशालामा भाग लिन ताइवान गएको बेला एक विदेशी महिलाको गोप्य अंग छोएको आरोप लागेका तत्कालीन केन्द्रीय आयुक्त आर्शिवाद सुवेदीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुस दोस्रो साता पदमुक्त गरेका थिए । अहिले प्रमुख आयुक्त नै परिवर्तन गरिएको छ ।
मन्त्री चौधरीले प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई पदमुक्त गर्दै देवराज घिमिरेलाई नियुक्त गरेका छन् । उतिबेला सुवेदीलाई पदमुक्त गर्नुअघि मन्त्री चौधरीले दुई पटक स्पष्टीकरण सोधेका थिए । र, स्काउटको प्यासाफिक क्षेत्रीय कार्यालयलाई स्पष्टिकरणको जवाफ जस्ताको त्यस्तै पठाइएको थियो । तर, जवाफ चित्तबुझ्दो नभएको भन्दै उताबाट असन्तुष्टि आएपछि मन्त्री चौधरीले पदमुक्त गर्ने निर्णय गरेका थिए ।
प्रमुख आयुक्तले सुवेदीलाई जोगाउन खोजेको मन्त्री निकट स्रोतको दाबी छ ।
टिप्पणीहरू