आइटीमा उल्लेख्य प्रगति भएको प्रधानमन्त्रीको दावी

आइटीमा उल्लेख्य प्रगति भएको प्रधानमन्त्रीको दावी
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र मानव जीवनको महत्वपूर्ण अंग बनिसकेको बताउनुभएको छ ।

नेपाल चेम्बर एक्स्पोको आज काठमाडौँमा शुभारम्भ गर्दै उहाँले यस्तो भनाई राख्नुभएको हो । व्यापार, व्यवसायदेखि हरेक कुरामा आइटी क्षेत्रको महत्व पछिल्लो समय झन बढेर गएको प्रधानमन्त्रीको भनाई छ । 

त्यसक्रममा उहाँले नेपालले आइटी क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दावी पनि गर्नुभएको छ । भन्नुहुन्छ, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दैछ । अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ ।’ 

राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु केही समय रोकिएको भएपनि अहिले गति पाएको प्रधानमन्त्रीले बताउनुभयो । देशको अर्थतन्त्र, उद्योग, व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको उहाँको भनाई छ ।

प्रतिकूल असरबाट अर्थतन्त्रलाई लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको दावी गर्दै ओलीले सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउने चाहाना सुनाउनुभयो । आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सरकार लागिरहेको पनि उहाँले अवगत गराउनुभयो । 

पूर्वाधार बिना देशको विकास हुन नसक्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

 

टिप्पणीहरू