फेरि उडे गोजीभरि पासपोर्ट बोक्नेहरु

फेरि उडे गोजीभरि पासपोर्ट बोक्नेहरु

नेपाली काँग्रेस सांसद तथा व्यापारी विनोद चौधरी मुम्बई गएका छन् । उनी दिउँसो सवा ३ बजे काठमाडौंबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५८ मा गएका हुन् ।

त्यस्तै एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल कोरिया पुगेका छन् । उनी कोरियन एअरलाइन्सको उडान नम्बर केइ ६९६मा हिजो राति काठमाडौंबाट त्यता गएको बुझिएको छ । होली वाइनका रुपमा परिचित उनी तीन साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन भन्दै श्रीमतीसहित वासिङ्ग्टन  गएका थिए । क्रिश्चियन मिशनरी सञ्चालन गर्दै आएको आरोप लागेका उनकी श्रीमती फिलिपिनो हुन् ।

चौधरी र ढकाल दुबै जना एकै पटक विभिन्न राहदानी प्रयोग गर्दै विदेश जाने थोरै नेपालीमध्ये पर्छन् । उनीहरुसँगै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पनि सोही कोटाका हुन् । तीनै जनाले कूटनीतिक राहदानीसँगै म्याद नसकिँदै अरु साधारण राहदानी पनि प्रयोग गरेको विवरण जनआस्था साप्ताहिकले गतांकमा विस्तृत रुपमा प्रकाशित गरेको छ ।

टिप्पणीहरू