संसद बस्नुअघि कांग्रेस संसदीय दलको बैठक

संसद बस्नुअघि कांग्रेस संसदीय दलको बैठक

सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु भएको छ । 

बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ । बैठकमा पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले सांसदहरुको जिज्ञासाको जवाफ दिने कार्यसूची छ । 

गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले मन्त्रीहरुको कार्य प्रभवकारीताबारे गम्भीर प्रश्न उठाएका थिए । यस विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिने बताइएको छ । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको अध्यादेशको बचाउमा कसरी प्रस्तुत  हुने लगायतका समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

टिप्पणीहरू