सुनसरीका सञ्चारकर्मीको सित्तैमा बीमा

सुनसरीका सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना बीमा हुने भएको छ । इटहरीमा सञ्चालित प्रदेश खबर डटकमले स्थापनाको दुई वर्ष पूरा भएको तथा ‘कोशी एक्सिलेन्स अवार्ड, २०८१’ प्राप्त भएको विशेष अवसरमा यस्तो प्याकेज ल्याएको हो ।
एनएलजी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा दुर्घटना प्याकेज शुरु गरिएको सो मिडियाले जनाएको छ । यस प्याकेजमा सुनसरीमा रहेका सक्रिय सञ्चारकर्मीहरु सहभागी हुन पाउने छन् ।
नि:शुल्क दुर्घटना बीमा गराउन चाहने सुनसरीका सक्रिय सञ्चारकर्मीहरुलाई यही माघ २७ गतेसम्म आवश्यक कागजात पठाउन भनिएको छ । प्रदेश खबर डटकमको इमेल ठेगाना वा ह्वाटसएप नम्बर ९८५२०४८९९६ मा नागरिकताको प्रतिलिपि र आबद्ध मिडिया हाउसको परिचयपत्र वा सिफारिसपत्र पठाउन सकिनेछ ।
टिप्पणीहरू