प्रचण्डलाई काँग्रेस महामन्त्रीका दुई प्रश्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई प्रश्न तेर्साएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै शर्माले काँग्रेसले आफूलाई प्रधानमन्त्री बनाउँदा संवैधानिक हुने, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी असंवैधानिक भयो ? भनेर प्रश्न गरेका हुन् ।

आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा महामन्त्री शर्माले संविधानको एउटै धाराबाट काँग्रेसको समर्थनमा पहिले प्रचण्ड र अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेकोमा पहिले संवैधानिक र अहिले असंवैधानिक नहुने धारणा राखेका छन् ।

प्रचण्डको धारणालाई आवेगात्मक अभिव्यक्तिको संज्ञा दिँदै उनले अध्यादेशको सन्दर्भ पनि निकालेका छन् । गत वैशाखमा संसद बैठक बस्नुभन्दा एक साताअघि प्रचण्ड नेतृत्वको सरकारले लगानी सहजीकरण अध्यादेश ल्याउँदा सकारात्मक हुने तर अहिले नकारात्मक कसरी ? उनको प्रश्न छ ।

शर्माले भने, ‘संसद छलेर अघिल्लो वैशाखमा अध्यादेश ल्याउने माओवादी र रास्वपा सांसदहरुले यतिखेर अध्यादेशको विरोध गर्न नैतिकरुपमा मिल्दैन ।’

टिप्पणीहरू