जनयुद्धका विरोधीहरु आफैँ खरानी हुन्छन् : प्रचण्ड

जनयुद्धका विरोधीहरु आफैँ खरानी हुन्छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मेटाउन कोशिश गर्नेहरू आफैँ खरानी हुने चेतावनी दिनुभएको छ । कसैले मेटाएर जनयुद्ध नमेटिने उहाँको दाबी छ । बरु त्यस्तौ दुस्साहस गर्नेहरु नै खरानी हुने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । 

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित ३० औँ जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हजारौं शहीदहरुको बलिदान र रगतबाट सिञ्चित जनयुद्धलाई मजाक नठान्न आग्रह गर्नुभएको छ । भन्नुभयो, ‘हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट प्राप्त पछिल्लो राजनीतिक प्रक्रिया मुलुकमा सयौँ वर्षसम्म रहने छ ।’

जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।

टिप्पणीहरू