संसद बैठकमा प्रधानमन्त्रीलाई एक दर्जन प्रश्न सोधिँदै
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सांसद र प्रधानमन्त्रीबीच हुने प्रश्नोत्तरमा १० जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्दै छन् ।
सार्वजनिक विषयमा सरकारलाई उत्तरदायी बनाउन केपी शर्मा ओलीले नै यसअघि प्रधानमन्त्री हुँदा सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम राख्नुभएको थियो ।
आजको बैठकमा प्रधानमन्त्रीलाई मुलुकको अर्थतन्त्र, राष्ट्रिय गौरवका आयोजना, चुरे दोहन, प्रशासनमा राजनीतिक हस्तक्षेपलगायत विषयमा सांसदहरुले प्रश्न सोध्ने छन् ।
टिप्पणीहरू