अवैध डलर, डेढ दर्जन मोबाइल र दर्जनौं सिमकार्ड बोकेका अमेरिकी पक्राउ

काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर उड्न लागेका एक अमेरिकी नागरिकको साथबाट अवैध हजारौं अमेरिकी डलर, डेढ दर्जनबढी मोबाइल सेट र सिमकार्ड फेला परेको छ ।
बाटिक एअरको उडानमा हिजो दिउँसो साढे ४ बजे जान लागेका चिनियाँ मुलका अमेरिकी नी यान पक्राउ परेका हुन् ।
राहदानी नम्बर ५४५६१५१८२ वाहक निको साथबाट अमेरिकी डलर १२ हजार, १९ थान मोबाइल, ३० थान मोबाइल सिम फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाको निम्ति निजलाई राति ८ बजे महानगरीय प्रहरी वृत्त, गौशाला लगिएको बताइएको छ ।
टिप्पणीहरू