महिलाको नाममा पुरुष प्रताडित !

महिलाको नाममा पुरुष प्रताडित !
सुन्नुहोस्

नेकपा एमाले सम्वद्ध कर्मचारी संगठनको नयाँ नेतृत्व चयनका क्रममा पार्टी केन्द्रले हस्तक्षेप गरेको छ । 

महाधिवेशन सकिनु अघिल्लो दिन मध्यराति अध्यक्षका आकांक्षीसहित कर्मचारी नेताहरुको एउटा टोली प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । छलफलका क्रममा प्रधानमन्त्रीबाट सोधनी भयो- उपाध्यक्षहरुमध्ये वरिष्ठ को हुनुहुन्छ ?' जवाफ फर्काउँदै तत्कालीन अध्यक्ष लेखनाथ कोइरालाले भने- भवानीजी (भवानी न्यौपाने) । 

रेवन्त गौतम केही समय माधव नेपालपट्टी लागेर फर्किएकै कारण उनको वरीयता तल झारेर भवानीलाई माथि तानिएको र त्यसैको छायाँ महाधिवेशनमा परेको बताइन्छ । 

बालुवाटार भेटमा ओलीले रेवन्तलाई मीठो शब्दमा ‘तपाईंको क्षमता पुगेकै हो, प्रतिस्पर्धामा महिला हुनुहुन्छ,उहाँलाई सहयोग गर्नुस्’ भनी भवानीको पक्षमा विचार राख्नुभयो । पार्टीको मूल नेतृत्व नै एउटाको पक्षमा यसरी खुलेपछि महाधिवेशन प्रतिनिधिको भूमिका खुम्चियो । फलत: सर्वसम्मतिको नाममा माथिबाट थोपरिएको निर्णयले काठमाडौँ आएका ७३७ प्रतिनिधिको चुनावी चाहनालाई ब्रेक लाग्न पुग्यो । 

महाधिवेशनका दौरान बबरमहलको कार्की बैंक्वेटमा जनआस्थाले केही प्रतिनिधिसँग कुराकानी गर्दा 'चुन्ने र चुनिने' सार्वभौम प्रतिनिधिको अधिकार खोसिएकोमा असन्तुष्ट देखिए । महिलालाई नेतृत्वमा पुर्याउनुपर्छ भन्ने तर्कका आधारमा प्रतिश्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको मान्यता तोडिएको ती प्रतिनिधिको भनाई रह्यो । नेतृत्व चयन प्रक्रियालाई महिला र पुरुषबीचको प्रतिस्पर्धाजस्तो बनाएको भन्दै कतिपयले कटाक्षसमेत गरेका थिए । 

त्यसो त, महाधिवेशन उद्दघाटनकै क्रममा पनि ओलीले भवानीकै पक्षमा घुमाउरो धारणा नराखेको होइन । माधव नेपालले एमाले फुटाएर अर्को पार्टी बनाउँदा त्यता लागेकाहरुलाई नेतृत्व दिन हुँदैन भन्ने उहाँको संकेत थियो । 

उनले ‘तेरो लागि मैले ज्यान फालेको होइन ?’ भन्दै भावनात्मक प्रहार गरेका थिए । तर, पछि नजिकै रहेका अन्य साथीहरुले दुवैलाई कुनामा लगेर सम्झाइ बुझाइ गरेर 'झगडा' साम्य पारे ।

एमालेमा अन्तरसंघर्ष चलिरहँदा कर्मचारी संगठनमा पनि दुई धार थियो । पछि माधव नेपालले पार्टी फुटाएपछि भोला पोख्रेलहरु समाजवादीतिर लागे । रेवन्त गौतम भने फुटेर नगई पार्टीभित्र समानान्तर कमिटी बनाएर सक्रिय रहे र, पछि मूल संगठनमा फर्किए । केही समय अन्तरसंघर्ष चलाएकै कारण रेवन्तको वरीयता घटुवामा परेको उनीनिकटहरुको बुझाई छ । यद्यपि कागजी रुपमा भने त्यस्तो कुनै निर्णय भएको थिएन । तर, सार्वजनिक कार्यक्रम र पार्टीका मन्चहरुमा भने उनलाई भन्दा पहिला भवानीलाई आशन ग्रहण गराइन्थ्यो । यसरी तल पारिएका उनलाई बालुवाटारमा समेत दोस्रो वरीयताको देखाइयो ।   

महाधिवेशन उद्घाटनको क्रममा कर्मचारी फाँट हेर्ने पोलिटब्युरो सदस्य भानुभक्त ढकालले खुलेरै भवानीलाई नेतृत्व सुम्पनुपर्ने प्रधानमन्त्रीकै जस्तो भावना पोखेका थिए । उनको तर्क थियो- हामीले विगतमा पनि महिलालाई प्राथमिकता दिँदै आएका छौँ, राष्ट्रपति महिला बनायौँ, प्रधानन्यायाधीश महिला बनायौँ, सभामुख पनि महिला बनायौँ, पत्रकार महासंघको अध्यक्ष पनि महिला बनाएका छौँ । यसपाली यस संगठनको अध्यक्षमा उपाध्यक्षसमेत रहेकी भवानीलाई नै अध्यक्ष बनाउँ ।' 

यतिमात्र होइन,उक्त संगठनका निवर्तमानदेखि पूर्व अध्यक्षहरु र निर्वाचन मण्डलमा पार्टीको तर्फबाट खटिएका नेता रामेश्वर फुयाँलले पनि भवानीको नाममा सहमति जुटाउन बल गरेका थिए । उनीहरुको तर्क चैं चुनाव गर्दा गुटबन्दी बढ्छ भन्ने थियो । सर्वसम्मतिको प्रस्ताव गर्दै भनिएको थियो - कहिलेकाहीं निर्वाचनले पार्टीलाई घाटा गर्छ,मनमुटाव बढाउँछ, र संगठनको हितमा हुँदैन । त्यसकारण निर्वाचनमा नजाऔँ र सबैलाई समेट्नेगरी अघि बढौँ ।' 

यति भनिरहँदा अस्ति हो–हल्लाबीच पढेर सुनाइएको केन्द्रीय कमिटीको नामावलीमा निर्वाचन मण्डल र पूर्व अध्यक्षहरुले आफू निकट तथा पहुँचमा रहेकाहरुलाई समेत अटाउने गरी घुसाएको आरोप छ । त्यहाँ कर्णाली र मधेश प्रदेशका प्रतिनिधिले नाराबाजी गर्दा कोही मञ्चमै रुवाबासीसमेत गर्दै थिए । मधेशका कर्मचारीले ‘३४ जना खुल्लामा चयन गर्दा एक जना पनि मधेशबाट परेनन्' भन्दै नाराबाजी गरेपछि सान्त्वना दिनेगरी पूर्व अध्यक्ष पुण्य ढकाल डायरीमा टिपोट गरिरहेका थिए । 

यता आफ्नो नाम केन्द्रीय कमिटीमा समेत नपरेकोमा रुँदैरुँदै फ्लोरबाट मञ्चसम्म पुगेका उमेश पराजुली आक्रोश पोख्दै थिए । बुद्धनगरको क्वालिटी बैंक्वेटमा नाम छनोट गरिएपछि आँगनमा महासचिव रामचन्द्र (आरसी) अधिकारीसँग उनको एकछिन नोकझोकसमेत चल्यो । उनले ‘तेरो लागि मैले ज्यान फालेको होइन ?’ भन्दै भावनात्मक प्रहार गरेका थिए । तर, पछि नजिकै रहेका अन्य साथीहरुले दुवैलाई कुनामा लगेर सम्झाइ बुझाइ गरेर 'झगडा' साम्य पारे । चर्को आक्रोश र हो-हल्लाका कारण निर्वाचन मण्डललाई पुलिस लगाएर सुरक्षा दिनुपरेको थियो ।  

असन्तुष्टहरु प्रतिनिधिहरुको आक्रोश र चर्को हल्लाखल्लाका कारण त्यसदिन तोकिएको सपथ ग्रहण कार्यक्रम अन्तिम घडीमा स्थगित गर्नुपर्यो । र, भोलिपल्ट संगठनको केन्द्रीय कार्यालयमा सबैलाई बोलाएर सपथ खुवाइएको थियो । 

त्यसो त,भवानीको नेतृत्व क्षमतामाथि कसैले प्रश्न उठाएका छैनन्, तर सार्वभौम महाधिवेशन प्रतिनिधिको अधिकारमाथि पार्टी केन्द्रबाटै कुठाराघात गरिएको भन्दै केही प्रतिनिधि चित्त दुखाउँदै घर फर्किएको अवस्था छ । साथै सर्वसम्मतिका नाममा माथिबाट तोकिएको कमिटीमा थुप्रै क्षमतावान र कर्मठ कर्मचारी छुटेका छन् । जबकि चुनाव भएको भए संगठनमा उनीहरुले खेलेको भूमिका, क्षमता र योगदानको पहिचान हुनसक्थ्यो । 

ण्डै दुई दशकदेखि संगठनमा योगदान दिएकाहरु पाखा लाग्दा कतिपयले भने एकैचोटि फड्को मारेको अवस्था छ ।

यसअघि केन्द्रीय सदस्य रहेका गोविन्द अधिकारीलाई सचिव बनाइनु त्यसको एउटा उदाहरण हो भन्छन् एकजना कर्मचारी नेता । तत्कालीन अध्यक्ष लेखनाथको बलमा उनलाई उक्त पद हात लागेको बताइन्छ । 

माओवादी कर्मचारी संगठनको नेतृत्वमा रहिसकेका रामबहादुर थापा बादल पक्षका नेतालाई पनि यसैगरी काखापाखा गरिएको छ । यसअघि उपाध्यक्ष रहेका प्रभास साहलाई वरिष्ठ उपाध्यक्षमा उकाल्दा सचिव लक्ष्मी भुसाललाई भने केन्द्रीय सदस्यमा खसालिएको छ । उनीहरु दुबै बादलसँगै एमाले प्रवेश गरेर कमर्चारी संगठनमा सक्रिय रहँदै आएका थिए । उदेकलाग्दो कुरा चैं,भवानीको हकमा महिला हुनु नै विशेषाधिकार हुँदा लक्ष्मीको हकमा भने ठीक उल्टो भएको छ ।

टिप्पणीहरू