कलिङ्गाबाट को को विद्यार्थी नेपाल आइपुगे ?

कलिङ्गाबाट को को विद्यार्थी नेपाल आइपुगे ?

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्यनरत छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनाव र असुरक्षाका कारण नेपाली विद्यार्थीहरू घर फर्किन थालेका छन् । 

अहिलेसम्म स्थलमार्ग हुँदै सयौँ विद्यार्थी नेपाल फर्किएको जनाइएको छ । यसैबीच झापाको काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएकाहरुको विवरण प्राप्त भएको छ । 

सरकारी स्रोतका अनुसार सप्तरी स्थायी ठेगाना भएका आरती रोही,सालिमी दास, रिसक सिंह,आयुष राज, प्रजित यादव,कृष दास, राकेश साह र नवीन मण्डल उक्त नाका हुँदै नेपाल आइपुगेका छन् । त्यस्तै, सुनसरीका ओमप्रसाद पौदार,मोरङका आदित्य मिश्र,कास्कीका सुलभ पौडेल र आयुष अधिकारी पनि त्यहीँबाट नेपाल छिरेका छन् । 

नेपाल फर्किनेमा काठमाडौँका समिम पौडेल, पियुस शाह,विकेश श्रेष्ठ र ललितपुरका आकाश शाह पनि छन् । यसबाहेक अन्य नाकाबाट पनि नेपाली विद्यार्थी स्वदेश फर्किनेक्रम निरन्तर रहेको बताइएको छ । 

सयौँ नेपाली विधार्थी अध्ययन गर्ने उक्त कलेजमा गत आइतबार प्रकृतिको रहस्यमय मृत्यु भएको थियो । घटनाको सत्यतथ्य छानविनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई कलेज प्रशासनले नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै त्यहाँबाट निकालेपछि विवाद चर्किएको थियो । त्यसपछि असुरक्षित महसुस गरेका उनीहरु घर फर्किएका हुन् ।

टिप्पणीहरू