आगलागीबाट चिया प्रशोधन केन्द्र खरानी
इलामको एउटा चिया प्रशोधन केन्द्रमा आगलागी भएको छ । जस्बीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा हिजो साँझ भएको आगलागीबाट केन्द्र नष्ट भएको बताइन्छ ।
आगलागीको कारण खुलेको छैन भने करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
उक्त चिया उद्योगले वार्षिक रुपमा उत्पादन गर्ने ३० हजार किलो चिया युरोपलगायतका मुलुकमा निर्यात हुने गरेको थियो ।
टिप्पणीहरू