पोखरामै मुटुको चिरफार
मुटुसम्बन्धी समस्या आएको खण्डमा काठमाडौं र दिल्लीका हस्पिटल ताक्नुपर्ने अवस्थालाई चुनौती दिँदै मोफसलका निजी अस्पतालहरूले सुविधाजन्य क्याथल्याब राखेर एनजिओग्राफी, एनजिओ प्लास्टदेखि मुटुको ओपन हार्ट सर्जरीसमेत गर्न थालेका छन् ।
यसै हप्ता त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जअन्तर्गतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा नेतृत्वको टोलीले पोखरास्थित चरक मेमोरियल हस्पिटलको क्याथ ल्याबमा सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
डा. एस के जैसवालसहित भएर पोखरा महानगरपालिका २५ हेम्जाका ६३ वर्षीय एक पुरुषको सफल शल्यक्रिया गरिएको सूचना अधिकारी दिपाली थापाले बताइन् ।
कास्की लुम्लेका डाक्टर देवकोटा जिल्लाबासीहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्छन् । कार्यव्यस्तताको बाबजुद पनि महिनाको एक दिन पोखरालाई छुट्याइएको उनले बताए ।
टिप्पणीहरू