केपी ओली कप प्रतियोगिताका खेलाडीहरुले भेटे प्रधानमन्त्री

केपी ओली कप प्रतियोगिताका खेलाडीहरुले भेटे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली र केपी ओली कप फुटबल च्याम्पियनसिप खेल्ने खेलाडीबीच भेटवार्ता भएको छ । 

आज भएको भेटका अवसरमा सो कपका अफिसियल एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि रकम हस्तान्तरण गरिएको थियो । केपी ओली क्लब र प्रधानमन्त्रीपत्नी राधिका शाक्यका तर्फबाट एक–एक लाख रुपैयाँ सहयोग गरिएको बताइएको छ ।

नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघको आयोजनामा गत आइतबारदेखि केपी ओली कप प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११ र दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

टिप्पणीहरू