म्यानमारसँग भिड्ने नेपाली टोलीमा दुई परिवर्तन

म्यानमारसँग भिड्ने नेपाली टोलीमा दुई परिवर्तन
सुन्नुहोस्

चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा साँझ ६ बजेबाट शुरु हुने खेलमा दुबै टोलीले प्लेइङ ११ घोषणा गरेका छन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघि समूह चरणमा म्यानमारविरुद्ध खेलको प्लेइङ सेटमा दुई परिवर्तन गरेका छन् ।

आजको खेलमा गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा र फर्वाड रेखा पौडेलले प्लेइङ ११ मा मौका पाउँदा अञ्जना राना र फर्वाड रश्मीकुमारी घिसिङलाई बेन्चमा राखिएको छ ।

यस्तो छ नेपालको प्लेइङ-११ 

एन्जिला तुम्बापो सुब्बा (कप्तान/गोलकिपर), रेनुका नगरकोटी, विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, सरु लिम्बु, प्रीति राई, रेखा पौडेल, सविता राना मगर र सावित्रा भण्डारी ।

टिप्पणीहरू