बाबुरामबाट छुट्टिएका यादव प्रचण्डसँगै हिँड्ने

बाबुरामबाट छुट्टिएका यादव प्रचण्डसँगै हिँड्ने
सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि जोडिएका छन् । 

माओवादीसँगको पार्टी एकताबारे डा. बाबुराम भट्टराईसँग बिमत्ति राख्दै छुट्टिएका उनी आज सुनसरीको बर्जु गाउँपालिकाबाट अभियानमा सामेल भए । सोक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपा अध्यक्ष यादवलाई स्वागत गरेका थिए। 

अभियानमा संलग्न एक नेताका अनुसार यादव कञ्चनपुरसम्मै सँगै रहनेछन् । माओवादी र नेसपाबीच पार्टी एकता गर्न लामो समयदेखि आन्तरिक गृहकार्य चले पनि त्यसले ठोस आकार लिएको छैन । तर, यादव ‘जनतासँग माओवादी’ अभियानमा जोडिएपछि पार्टी एकतालाई बल पुग्ने नेताहरुको विश्वास छ । 

अभियानका क्रममा प्रचण्ड र यादवले बर्जुस्थित जनयुद्धका शहीद  परिवारसँग भेटवार्ता गर्नुको साथै विभिन्न समुदायका ज्ञापन पत्रसमेत बुझेका छन् । केही बेरअघि बर्जु तालको अवलोकन गरेका नेताहरु स्थानीय कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।

टिप्पणीहरू