चार किलो सुन बोकेर आएका थिए तीन उज्वेक महिला

प्रहरीले तीन किलो ७४५ ग्राम सुनसहित उज्वेकिस्तानका तीन महिला र एक पुरुषलाई पक्रेको छ । हिजो साँझ साढे ६ बजे फ्लाइ दुबइको उडानमा काठमाडौँ आएकी ४९ वर्षे महिला फाइजा साओदात, ४८ वर्षकी आख्मेदोभा उमिदा र ५४ वर्षकी मारिफालिएभा दुलफुजाको साथबाट उक्त परिमाणको सुन फेला परेको बताइन्छ ।
उनीहरुसँगै आएका ४१ वर्षे पुरुष तुर्सुनोभ सार्दोरको साथबाट सुन फेला नपरेपनि उनलाई समेत प्रहरीले गौशाला वृत्तमा राखेर अनुसन्धान गरिरहेको छ । तीन जना महिलाले आठ वटा टुक्रा छुट्टाछुट्टै झोलामा राखेर ल्याएको बताइन्छ ।
राहदानी नम्बर क्रमशः एफए ९६०४३८०, एफबी ०६२७६८०, एफबी ०६२७६८० र ९७८९८१३ वाहक उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु विमानस्थलको टर्मिनल गेटमा पक्राउ परेका थिए ।
टिप्पणीहरू