भुईंचालोको धक्का पूर्वदेखि पश्चिमसम्म, क्षतिको विवरण आउने क्रम जारी

भुईंचालोको धक्का पूर्वदेखि पश्चिमसम्म, क्षतिको विवरण आउने क्रम जारी

गएराति सिन्धुपाल्चोकमा गएको भूकम्पको धक्का पूर्वमा झापादेखि पश्चिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा महशुस गरिएको छ । काठमाडौंसहित राजधानी वरपरका जिल्लामा धेरै महशुस भएको थियो ।

राति २ बजेर ५१ मिनेटमा गएको ६ दशमलब १ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अमेरिकी भूकम्प मापन केन्द्रले रातिको भूकम्प ५.५ रेक्टर स्केल भएको जनाएको छ ।

बिहानसम्म प्राप्त जानकारी अनुसार भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३, दुगुनागढीमा सुख्खा पहिरो गएको छ । कोदारीको इलाका प्रहरी कार्यालयको भित्तामा सामान्य क्षति पुगेको छ । 

सिन्धुपाल्चोक कारागारका एकजना कैदी हामफाल्ने क्रममा घाइते भएका छन् । भूकम्पको धक्का महशुस गरिएका जिल्लाका सर्वसाधारण रातको समयमा घरबाहिर निस्केका थिए ।

टिप्पणीहरू