बिजुक्छे आधा शताब्दीदेखि नेमकिपाको अध्यक्ष
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे ‘रोहित’ चुनिएका छन् । पार्टीको आठौं महाधिवेशनले ८५ वर्षीय बिजुक्छेलाई पार्टीको नेतृत्व सुम्पिएको छ ।
महाधिवेशनले २९ सदस्यीय केन्द्रीय कमिटी र ४ जना वैकल्पिक केन्द्रीय सदस्य छानेको छ । पार्टी सचिवमा नेमकिपाका एकमात्र संघीय सांसद प्रेम सुवाल चयन भएका छन् ।
टिप्पणीहरू