भारतीय विधानसभाको जम्बो टोली सिंहदरबारमा

भारतीय विधानसभाको जम्बो टोली सिंहदरबारमा

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र नेपाल भ्रमणमा रहेका भारतीय राज्य पुडुचेरीका उपसभामुख पी राजवेलुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सचिवालयको भवन नम्बर १ मा रहेको प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको सभाहलमा आज दिउँसो भेटवार्ता भएको छ । 

उक्त अवसरमा भारतीय विधानसभाका १८ सदस्यीय प्रतिनिधिमण्डल पनि सहभागी भएको बताइन्छ । पाण्डेयसँग टोलीको आधा घण्टा विभिन्न विषयमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू