आधा दर्जन राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष छ देशका गैरआवासीय नेपाली राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टा-छुट्टै विशेष समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नेपालका लागि गणतन्त्र गिनीका गैरआवासीय राजदूत अलास्सेन कोटें, युगाण्डाका जोइस काकुरामत्सी किकाफण्डा, बोस्रिया तथा हर्जगोभियाका हरिस हर्ले, ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउत्सोमितोपौलोले ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नुपूर्व नवनियुक्त राजदूतहरुलाई होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।





टिप्पणीहरू