सेनामा अझै राजेन्द्रको साइँसुइँ

नेपाली सेनाको मालदार विभागहरुमा छोटे साहु भनेर चिनिने राजेन्द्र क्षत्रीको रुचिअनुसार सरुवा गरिएको छ । जसअनुसार कल्याणकारी विभागमा जर्नेल प्रकाशराज थापा गएका छन् । यो नै नेपाली सेनाको सबैभन्दा मालदार ठाउँ हो । राजेन्द्र क्षत्री चिफले रु. ४०० को ट्रयाक सुट चाइनाबाट छोरामार्फत यही विभागको रकम खपत गरी १ लाख जोर २२०० का दरले ९६००० थान मगाउन लगाएका थिए । यसरी नै कीर्तिपुर मच्छेगाउँमा आनाको २ लाख पनि नपर्ने काम जग्गा २७ लाख मूल्याकंन गर्न लगाई छोरा र भान्जा दिपक कुँवरमार्फत किनाए ।
लेबनान शान्तिसेनामा फोर्स कमाण्डरको कारवाहीमा परी फिर्ता भएका, इलाम बस्दा अनन्त जर्साबको कारवाहीमा परी चौविस घण्टे लागेर सुदूर पश्चिम पुगेका, राजेन्द्र क्षत्रीको आफ्नै व्यारेक राजदल गणमा संगै काम गरेका प्रकाश थापा कसको कल्याण गर्न कल्याणकारी विभागमा आइपुगेका होलान् ! त्यस्तै भान्जा दिपकको टिमलाई अरबौँको ठेक्का मिलाउन उमेर नै नपुगी भर्ना भएका राजदल गणका बाल सैन्य द्रव्य भण्डारीलाई संभार विभागमा सरुवा गरिएको छ । उनी पनि राजेन्द्र क्षत्रीसंगै राजदल गणमा थिए । यी दुई विभागले खरिद गरेको सामान जस्तो भए पनि बुझ्न जंगी डिपोमा राजेन्द्र क्षत्री चिफसंगै जगदल गणमा काम गरेका कर्णेल दिनेश अधिकारीलाई सरुवा गरिएको छ । राजेन्द्र क्षत्री चिफको सैनिक सहायक बसेका जर्नेल पूर्ण खत्री पुनः अशोक सिग्देल चिफको एमएमा सरुवा भएका छन् ।
रक्षा मन्त्रालयमा समन्वय मिलाउन राजेन्द्र क्षत्री चीफ हुँदाका स्टाफ तथा ज्वाई नाता पर्ने शान्ति सेना मिशनमा कोर्ट मार्शल भोगेका र जबर्जस्ती स्टाफ कलेज तालिम पास भएका दिपेन्द्र न्यौपाने कर्साबलाई सरुवा गरिएको छ । राजेन्द्र क्षत्रीकै पालामा राशन र तेलको हाकिम बसी भरखरै रिटायर्ड ज्वाई नाता पर्ने यम ढकाल, जसले एयरपोर्ट गणको हाकिम हुँदा कोर्टमार्शलबाट बच्न स्टोर नै जलाएका थिए, अहिले राष्ट्रिय सेवा दलको हाकिम बनाइएका छन् ।
राजेन्द्र चीफको बेडरुममा विना रोकतोक पहुंच भएका अर्याल कर्साबलाई यान्त्रिक परिवहन एमटीको हाकिम बनाईएको छ । अर्याल कर्साब राजेन्द्रक्षत्रीको चिफको पुरै कार्यकाल रक्षा मन्त्रालयमा बसेर ठेकेदारहरुसंग दुबई, बैकंक, सिङ्गापुरमा डिल गर्दथे । कर्णेल हुँदासम्म मोटरसाइकलमा हिँड्ने यी चीफको ४ वटा गाडी, ५० औं करोड पर्ने घर र १५ अरबभन्दा बढीको सम्पत्ति कहाँबाट आयो ? उनैको पालामा मालदार पोस्टिङ्ग पाएका ६ जनाभन्दा बढी जर्साब कर्साबहरु (प्रयोग राणा, भुपालमान कार्की, पागलको नाटक गरेर जोगिएका कृष्णप्रसाद सापकोटा) बारे कसले खोज्ने ?
टिप्पणीहरू