वर्षौं गाडी नचलाएका चालकको घर ठेगानामा पठाइएको पत्र फिर्ता

संघीय संसद सचिवालयले हलुका सवारी चालक शरणकुमार गुरुङलाई हटाउने तयारी गरिएको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेको र कर्मचारी आचरण पालना नगरेको भन्दै उनलाई बर्खास्तको तयारी गरिएको हो । जारी सार्वजनिक सूचनामा गुरुङलाई सात दिने स्पष्टीकरण सोधिएको छ ।
तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरिएमा उनलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । गुरुङ गत मंसिर १३ गतेदेखि बिदा स्वीकृति नगराई कार्यालयमा अनुपस्थित छन् । उनले कार्यालयमा उपस्थित भएको अवस्थामा पनि कार्य सम्पादन नगरेको, विगत १२ वर्षभन्दा बढी समयदेखि सवारी चलाउन इन्कार गरेको, पटकपटक गयल कट्टीमा परेको बताइन्छ ।
हाल सीतापाइलामा बस्दै आएका शनिश्चरे गाविस वडा नम्बर १, सातपन्ने टोल, झापाको घर ठेगानामा पठाइएको पत्र फिर्ता भएको उल्लेख छ ।
टिप्पणीहरू