हात्तीले मान्छे मारेपछि हाइवे बन्द

-रमेश रावत
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका- २ बलातीका बलिराम थारुको गए राती जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीयले बिहानैदेखि पूर्व पश्चिम राजमार्ग बन्द गर्दै नाराबाजी गरेका छन् । बर्दिया राष्ट्रिय निकुन्ज खारेजीको माग छ ।
स्थानीय अर्जुन रिजालले मध्यवर्ती क्षेत्र खारेज हुनुपर्ने बताउनुभयो ।
गहुँ बालीमा आएको हात्ती धपाउन खोज्दा थारुको मृत्यु भएको हो । स्थानीयले मृतकको शव उठाउन दिएका छैनन् ।
टिप्पणीहरू