अरुले उम्मेदवारी दर्ता नगरेपछि मिर्मिमा अनेरास्ववियू निर्विरोध

अरुले उम्मेदवारी दर्ता नगरेपछि मिर्मिमा अनेरास्ववियू निर्विरोध
सुन्नुहोस्

स्याङ्जाको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियूको प्यानल निर्विरोध निर्वाचित भएको छ । नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी) ले उम्मेदवारी दर्ता नगरेपछि अनेरास्ववियूकी मुना न्यौपानेको टोली निर्विरोध निर्वाचित भएको बताइन्छ । 

दोस्रो पटक सभापतिमा निर्विरोध निर्वाचित न्यौपानेको टोलीको सचिवमा कशिस बस्याल, कोषाध्यक्षमा किशोर बस्याल छन् । उपाध्यक्ष र सहसचिव समानुपातिक तरिकाले तोकिने छन् ।

सदस्यमा दिपीका पाण्डे, गुनकेशरी न्यौपाने, शिवानी थापा निर्विरोध भएका हुन् । समानुपातिकतर्फ सदस्यहरुमा रुपा भट्टराई, कविता भट्टराई, रुकमायाँ सुनार, अभिशेक पाण्डे, सरु न्यौपाने छन् ।

टिप्पणीहरू