सन्ध्याको यौन दुराचारवाला आरोप कति सत्य ?

सन्ध्याको यौन दुराचारवाला आरोप कति सत्य ?
सुन्नुहोस्

‘काठमाडौं स्कूल अफ ल’ का संस्थापक तथा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौलासहित उक्त कलेजका शिक्षकहरुमाथि त्यहाँकै एउटी विद्यार्थीले गम्भीर आरोप लगाएकी छन् । उक्त स्कूलबाट हालै स्नातक तहको परीक्षा दिएकी सन्ध्या गौतमले संग्रौलाले पढाउने बेला सांकेतिक रुपमा दुई अर्थी कुरा गरेको र अन्य शिक्षकले यौन दुर्व्यहार नै गरेको आरोप इन्स्ट्राग्राममार्फत लगाएकी छन् ।

नेपाली राजनीतिमा पश्चिमाहरूको चलखेल, पछिल्लो समय युएसएआइडी र अमेरिकी डोनर एजेन्सीको लगानीबारे युवराजले तथ्यहरू बाहिर ल्याउने क्रममै एउटा समूहले कलेजकी विद्यार्थीलाई उनीबिरुध्द प्रयोग गरेको कतिपयको अनुमान छ । पश्चिमा डोनर एजेन्सीहरुसँग निकट सम्बन्ध रहेका एक जना पत्रकार,उनीनिकट नेविसंघका केही नेता तथा कार्यकर्ताको पछिल्लो ‘खेल’ मा प्रत्यक्ष संलग्नता रहेको कलेजका शिक्षक,शिक्षिकाहरु बताउँछन् ।

यौन दुर्व्यहारजस्तो गम्भीर आरोप सामाजिक सञ्जालमा एक्लै पोष्ट गर्दै आएकी ती युवतीले पछिल्लो समय संग्रौला र शिक्षकहरुसँग इन्स्टाग्राम म्यासेजमार्फत् लाखौं रुपैयाँ माग्न थालेको कलेज प्रशासनको जिकिर छ ।

केही दिनअघि युवराजलाई इन्स्टाग्राम कलबाट परिवारका चार जनाले प्रतिव्यक्ति पाँच लाखका दरले २० लाख दिए उक्त आरोप फिर्ता लिने भनिएको  थियोे । त्यसपछि पनि डिजिटल ट्रान्सफरबाट तीन लाख रुपैयाँ मागेको देखिन्छ । तर,त्योभन्दा दुई दिनअगाडि उनैले युवराजलाई इन्स्टाग्राम कलबाट आत्महत्या गर्ने बताएकी थिइन् । स्रोत भन्छ, ‘युवराज सरलाई इन्स्टाग्राममा फोन गरेर तँलाई मार्छु,तेरो रगत पिउँछु भनिन् । त्यसपछि उहाँको परिवारका सबै जना डराएर रातभर जाग्राम बस्नुभयो । भोलिपल्ट सुरक्षाको लागि प्रहरीलाई जानकारी गराइयो । मागेको पैसा नपाएपछि उनै युवतीले आत्महत्या गर्ने धम्की दिएकी हुन् ।’

दुर्व्यवहारमा परेको भनिएकी युवतीले इन्स्टाग्राममा १० देखि १२ घण्टा बोलेको भिडियो सुन्न सकिन्छ । सामाजिक सञ्जालमा घण्टौँ लगातार बोल्ने र लेख्ने गरेपछि संग्रौलाकी ठूली छोरीले आरोपको प्रतिकार गरेको देखिन्छ । कानुन अध्ययन र अध्यापन गर्ने क्रमलाई आधार बनाउँदै लगाइएको गम्भीर आरोपको प्रतिकार गर्नु आफ्नो धर्म भएको छोरीको भनाई छ ।

कन्फरेन्स सञ्चालनको १० मीनेटमै ह्याकरले अनलाइन भिडियोमा अश्लिल सामग्री पठाएर कार्यक्रम रद्ध गर्न बाध्य पारेका थिए ।

संग्रौलापछि अर्का शिक्षक प्रकाश केसीमाथि पनि ती गौतम युवती खनिएको देखिन्छ । केसीले सर्वोच्च अदालतमा विचाराधीन यौनिक अल्पसंख्यकहरुको मुद्दामा बहस गर्दा अनावश्यक लाञ्छना लगाएको,उनीहरुमाथि दमन र अपमान गरेको आरोप गौतमको छ । यसवीच ‘काठमाडौं स्कूल अफ ल’ का ४१ जना शिक्षकको भेलाले आफूहरुमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेको छ ।

यी सबै घटनाक्रमको तानाबाना गत नोभेम्बरमा काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित एक रसियन प्राध्यापक दुगिनसङ्गको सँवाद कार्यक्रमको पृष्ठभूमि र हालै संग्रौलाले अमेरिकी र पश्चिमा फण्डबाट उच्चस्तरीय जीवन गुजारा गर्दै आएका ‘न्यु एलिट’ हरुको बारेमा गुुह्य कुुरो चुहाएपछि बदलास्वरुप रचिएको शिक्षकहरु बताउँछन् ।

घटनाको पृष्ठभूमिबारे प्रकाश पार्दै प्राध्यापक सङ्ग्रौला भन्छन्:

गत नोभेम्बरमा रुसी कल्चर सेन्टर,कमलपोखरीमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । पहिलो पटक दक्षिण एशियाली अन्य मुलुकका सहभागीहरु भिडियो कन्फरेन्समा जोडिएको उक्त कार्यक्रम विशेषगरी रुसको पक्षमा र आफूहरुको विरोधमा रहेको पश्चिमाहरुको बुझाई थियो ।

दुई दिने कार्यक्रमको मोडरेसन संग्रौलाले गरेका थिए भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, जलस्रोतविद् दीपक ज्ञवाली,माओवादी नेता लीलामणि पोखरेल,काँग्रेस नेता तथा भूतपूर्व राजदूत दीपकुमार उपाध्यायलगायतले धारणा राखेका थिए । तर,कन्फरेन्स सञ्चालनको १० मीनेटमै ह्याकरले अनलाइन भिडियोमा अश्लिल सामग्री पठाएर कार्यक्रम रद्ध गर्न बाध्य पारेका थिए । त्यसपछि उक्त कार्यक्रम भोलिपल्टसम्म अफलाइनमा आयोजना गरियो ।

यसबीच संग्रौलाले अमेरिका र युएसएआईडीको डलर खानेहरुबारे सबिस्तार बताएपछि उनीहरुको ‘पीडा’मा नून छर्केझैँ भयो । सँगसँगै एक जनाले अघिल्लो महिना फेसबुकमा अमेरिकी दूतावास र डोनर एजेन्सीहरुसँग निकट पत्रकारको ‘अन्तरंग’ कहानी लेखिदिएपछि यौन दुर्व्यवहारको कथा बुनियो । स्रोत भन्छ, ‘फेसबुकमा ती पत्रकार र उनी निकट युवतीको बारेमा लेखिदिएपछि एकाएक फेसबुक एकाउन्ट डिएक्टिभ गराइयो ।’

युवराज,अरु शिक्षक र कलेजविरुद्ध लाग्न नेविसंघका केही विद्यार्थीलाई डेढ महिन जति गम्भीर प्रमाण खोज्न लगाइयो । केही नलागेपछि मनगढन्ते योजना बनाइयो । सोहीअनुसार ती युवतीले कलेजमा निवेदन हालिन् । निवेदनमा युवराजले कुराकानीको क्रममा ‘गभर्वती युवतीको अनुहार यस्तो हुन्छ’,  ‘केटा साथीहरु छन् कि छैनन् ?’ भनेर सोध्ने गरेको उल्लेख छ । मुख्यतः उनीविरुद्ध छात्राहरुसङ्ग कुराकानीका क्रममा छेडखानी गर्ने गरेको र अरु शिक्षकमाथि चाहिँ यौन दुर्व्यवहारको आरोप छ । यौनिक अल्पसंख्यकहरुमाथि दमन र अपमान गरेको भनिए पनि अन्य विद्यार्थीले उक्त आरोपमाथि कुनै सत्यता नभएको बताइएको स्थिति छ ।

केही दिनअघि युवराजलाई इन्स्टाग्राम कलबाट परिवारका चार जनाले प्रतिव्यक्ति पाँच लाखका दरले २० लाख दिए उक्त आरोप फिर्ता लिने भनिएको  थियोे । त्यसपछि पनि डिजिटल ट्रान्सफरबाट तीन लाख रुपैयाँ मागेको देखिन्छ । तर,त्योभन्दा दुई दिनअगाडि उनैले युवराजलाई इन्स्टाग्राम कलबाट आत्महत्या गर्ने बताएकी थिइन् ।

पीडित भनिएकी युवतिले निवेदन दिएको बेला कलेजमा परीक्षा चलिरहेको थियो । प्रशासनले परीक्षापछि छानबिन,अनुसन्धान गर्ने बतायो । तर परीक्षा सकिएपछि ती विद्यार्थीले इन्स्टाग्राममा मनपरी बोल्ने र लेख्ने गरिन् । केही सञ्चारमाध्यमले नियोजित रुपमा उक्त खबरलाई प्रचारमा ल्याउन थाले ।

यता कलेजको नेविसंघ इकाइले आफ्नो संगठन भित्रैबाट एउटा समूहले उक्त प्रपञ्च रचेको बताएको अवस्था छ ।  

नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौडेललाई लिएर नेविसंघको एउटा टोली आरोपको छानबिन गर्ने भन्दै कलेजमा पसेको थियो । रास्वपा सांसद सुमना श्रेष्ठले काठमाडौं स्कूल अफ ल,काठमाडौं युनिभर्सिटी र धुलिखेल अस्पतालमा गएर बोलेको विषयले पनि घटनालाई एकतर्फी रुपमा चर्काइएको देखिन्छ ।

काठमाडौं स्कूल अफ लकी एक जना शिक्षिका भन्छिन्, ‘पीडित भनिएकी युवतीको हवालालाई ठीक मानेर बोल्दै हिँड्ने महिला सांसदहरुले सामाजिक सञ्जालमा जथाभावी लेख्दा संग्रौला र अरु शिक्षकको परिवारका महिला (श्रीमती,छोरी र आमा) हरुले भोग्नुपरेको मानसिक तनावबारे चाहिँ चुइँक्क गरेको सुनिएन । एउटालाई मर्का पारेर अरुलाई मज्जा हुने हो ?’

टिप्पणीहरू