समृद्धिका लागि गाँजा खेती र यौन व्यवसाय अपरिहार्य : काँग्रेस प्रमुख सचेतक

समृद्धिका लागि गाँजा खेती र यौन व्यवसाय अपरिहार्य : काँग्रेस प्रमुख सचेतक
सुन्नुहोस्

नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले मुलुकको अर्थतन्त्र सुधारको लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई विदेशी पर्यटकको संख्या बढाउने उपायबारे जानकारी दिएका हुन् । 

सरकारले कानुन बनाएर यौन व्यवसाय र व्यवसायीहरुलाई सम्बोधन गर्नुपर्ने उनको धारणा छ । ‘मैले बारम्बार भन्दै आएको छु, यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरौँ’, उनले भने, ‘यसले मुलुकमा पर्यटकको संख्या बढाउँछ, अर्थतन्त्रलाई ठूलो सहयोग हुनेछ ।’ 

सांसद घिमिरेले कानुन बनाएर वैधानिक रुपमै गाँजा खेती गर्नुपर्ने पनि बताए । ‘अमेरिकाको कोलोराडोमा कानुनसम्मत तवरले गाँजा खेती र उपयोग हुन्छ, हामीले पनि गर्दा के हुन्छ ? किसानले रोजगारी पाउँछन्, त्यसले पनि अर्थतन्त्रलाई नै सहयोग गर्छ’, उनले थपे ।

टिप्पणीहरू