चलचित्र हेर्न एन्फाको परिपत्र

चलचित्र हेर्न एन्फाको परिपत्र
सुन्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल प्रदर्शनरत चलचित्र ‘अन्जिला’ हेर्न फुटबलसम्बद्ध संघसंस्थालाई निर्देशन दिएको छ । एन्फा महासचिव किरण राईले सबै प्रदेश, ४८ जिल्ला फुटबल संघ एवम् ए, बी र सी डिभिजन क्लबलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएका हुन् । 

नेपाल राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ गत फागुन २९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ । 

उनको दुःख, संघर्ष अनि सफलताको कथामा आधारित सो चलचित्रले नेपाली खेलकुद क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको उल्लेख गर्दै एन्फाले सामाजिक सञ्जालमार्फत फिल्मको प्रचारप्रसार गरी अधिकतम दर्शकमाझ पुर्याउन आग्रह गरेको छ । 

साथै, सम्भव भएसम्म युवा महिला–पुरुष खेलाडीलाई नजिकको सिनेमा हलमा सामूहिक रुपमा चलचित्र अवलोकन गराउनसमेत भनिएको छ । ‘चलचित्रमा एन्जिलाको जीवन संघर्ष र सफलताको कथाले हाम्रो आइरहेको नयाँ पुस्तालाई सफलताको लागि संघर्ष कति आवश्यक छ भन्ने कुरा उदाहरण मात्र होइन, नयाँ उत्साह, आशा र भविष्य पनि देखाउने छ,’  परिपत्रमा उल्लेख छ ।

टिप्पणीहरू