राजा आइनहाल्नेमा राप्रपा सांसद ढुक्क

राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक बहादुर सिंहले अहिले नै राजसंस्था पुनर्स्थापित नहुने बताएका छन् । राजा आउने डरले नआत्तिन उनले दलहरुलाई आग्रहसमेत गरे ।
आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले नेताहरुकै कारण गणतन्त्र बदनाम भएको जिकिरसमेत गरेका छन् । गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि 'राजा' ले कुनै हस्तक्षेप नगरेको भन्दै उनले सुशासन र समृद्धिका लागि एकपटक मलाई साथ दिनुस् भन्दा आत्तिनुपर्ने कारण नभएको स्पष्ट पारे ।
‘यो देश तपाई हामीले नै मिलेर बनाउने हो । यो देशमा गणतन्त्र ल्याएको तपाईंहरुले नै हो हामीले होइन', सांसद सिंहले भने, 'राजाले मध्यरातमा जनताको नासो जनतालाई सुम्पिन्छु भन्दै राजगद्धी र राजमुकुट जनतालाई सुम्पिएर हात जोड्दै निस्किएको तपाईंहरुले देख्नुभएकै हो । तर, तपाईंहरुकै कुकर्मकै कारण देशमा यो अवस्था आएको हो ।'
देशमा सुशासन कायम गर्न उनले सरकासँग आग्रह गरे ।
टिप्पणीहरू