स्वास्थ्य मन्त्रालयमा सचिव पूर्तिको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिव पूर्तिकका लागि प्रक्रिया थालिएको छ । बढुवा समितिको सचिवालयले १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिने भएकाले गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका कर्मचारीहरुले आवेदन दिन सक्ने छन् ।
‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन्,’ जारी सूचनामा उल्लेख छ ।
आगामी १५ दिनभित्र कर्मचारी प्रशासन शाखामा आवेदन गर्न सकिने जनाइएको छ । स्वास्थ्य सचिव डा.रोशन पोखरेल र अतिरिक्त सचिव डा.दीपेन्द्र रमण सिंह गत फागुन १२ गते अवकाश भएपछि उक्त पद रिक्त भएको हो ।
सचिवमा डा.विकास देवकोटाको नियुक्तिपछि अहिले मन्त्रालयमा १२ औं तहको अतिरिक्त सचिवका दुई पद खाली छन् ।
टिप्पणीहरू