पूर्व राजालाई कारवाही गर्न कांग्रेसको माग

सुन्नुहोस्

पूर्व राजा ज्ञानेन्द्र शाहलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन नेपाली कांग्रेसले सरकारको ध्यानकर्षण गराएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा सांसद रामहरी खतिवडाले नागरिक भैसकेका पूर्वराजाले संविधान मिच्ने काम गरेको भन्दै कारवाहीका लागि सरकार गुहारेका हुन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि पूर्व राजाले प्रजातन्त्र दिवसको सन्देशमा ‘श्री ५ महाराजधिराज’ र ‘शाही निशाना’ प्रयोग गरेकोमा उनले आपत्ति जनाए । 

‘पूर्व राजाले फागुन ७ गतेको सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना प्रयोग गरेको देखियो’, खतिवडाले भने, ‘०६५ जेठ १७ गते त्यो शाही निशाना हटाएर राष्ट्रिय झण्डा राखिएको थियो । संविधानमा पनि श्री ५ महाराजधिराज भन्ने कहिकतै उल्लेख छैन ।’

पूर्वराजा संविधानविपरित हिँड्दा पनि सरकार मौन बसेको भन्दै आफ्नै पार्टी सम्मिलित सरकारको उनले आलोचना गरे । ‘यो घोर आपत्तीजक विषय हो । यस्तो कार्य गर्नेलाई कारवाही गरियोस् । संविधान कार्यान्यवयनमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, खतिवडा चर्किए ।
 

टिप्पणीहरू