पोखरामा पहिलो व्यावसायिक उडान, छन्तुमा खुशियाली

पोखरामा पहिलो व्यावसायिक उडान, छन्तुमा खुशियाली
सुन्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सिचुआन प्रान्तको राजधानी छन्तुमा भएको पहिलो व्यावसायिक चार्टर्ड उडानलगत्तै विविध कार्यक्रमको आयोजना गरिएको छ । पोखराबाट सिचुआन एअरलाइन्सको सोझो उडानमा छन्तु शहर पुगेका पोखरेली पर्यटन व्यवसायी र जनप्रतिनिधिहरुले त्यहाँका पर्यटन व्यवसायीहरुसँग छलफल गरेका छन् । 

नेपाल पर्यटन बोर्डले छन्तुमा आयोजना गरेको बिटुबी एवम् सेल्स मिसन कार्यक्रममा उनीहरुबीच पर्यटन आदानप्रदानबारे अन्तरक्रिया भएको बताइन्छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव र पोखरामा सोझो हवाई उडान कायम भएको अवसरमा छन्तुमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको  छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्, छन्तुस्थित महावाणिज्यदूतावास,पोखरा महानगरपालिका,सिचुवान प्रान्तको परराष्ट्र विभागका अधिकारीहरुका साथै दुबै मुलुकका पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको बुझिएको छ ।

तस्बिरहरु

टिप्पणीहरू