लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु, चिनियाँहरुको ओइरो

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु, चिनियाँहरुको ओइरो
सुन्नुहोस्

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सवको तयारी पूरा भएको छ जसमा भाग लिन खुन्मिङ्गलगायतका शहरबाट आज चिनियाँ पर्यटक र पत्रकारहरुको ओइरो लाग्दैछ । महोत्सवको औपचारिक शुभारम्भ भोलि बिहान ७ बजेदेखि साढे ७ बजेसम्म लुम्बिनीको पवित्र मैदानमा हुँदै छ  ।

भोलि बिहान सोही स्थानमा बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको छ । दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौध्द विश्वविद्यालय र चीनको चङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान कार्यक्रमको तालिका छ । 

पर्सि शनिबार बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन, साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्ट राखिएको छ । 

चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन हुँदै छ । बैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ । चङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको छ । सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने छ ।
 

टिप्पणीहरू