कम्युनिस्ट पार्टीका सचिव साढे ६ अर्ब भ्रष्टाचारमा दोषी ठहर

कम्युनिस्ट पार्टीका सचिव साढे ६ अर्ब भ्रष्टाचारमा दोषी ठहर
सुन्नुहोस्

चिनियाँ सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको कम्युनिष्ट पार्टी समिति स्थायी समिति सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा समितिका सचिव यु यिङ्जी भ्रष्टाचारी ठहर भएका छन् । उनले ३४ करोड ३० लाखभन्दा बढी चिनियाँ युआन अर्थात् नेपाली रुपैयाँ छ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आदेश सुनाइएको छ ।

तत्कालीन तिब्बत जनसरकारको उपाध्यक्ष समेत रहेका युमाथि विभिन्न कमिटीमा रहेर जिम्मेवारी सम्हाल्दा विभिन्न आयोजनाको ठेक्कापट्टा र व्यवसायीहरुसँग अवैध रकम उठाएको आरोप पुष्टि भएको छ । बेइजिङस्थित जनअदालतले तिब्बत स्वायत्त क्षेत्रको पार्टी समितिको स्थायी समितिका सदस्य, प्रचार विभागका मन्त्री र सरकारको उपाध्यक्षको रूपमा आफ्नो पद दुरुपयोग गरेको ठहर गरेको हो । 

उनी सन् २००६ देखि २०२१ सम्मक १५ वर्ष तिब्बत स्वायत्त क्षेत्र पार्टी समितिको स्थायी समिति सदस्य, जनसरकारका उपाध्यक्ष, स्वायत्त क्षेत्र पार्टी कमिटी उपसचिव,पछि सचिव र अन्य पदमा थिए ।
 

टिप्पणीहरू