अमेरिकालाई राजनीतिकरण नगर्न चीनको चेतावनी

अमेरिकालाई राजनीतिकरण नगर्न चीनको चेतावनी
सुन्नुहोस्

चीनले आर्थिक र व्यापारिक मुध्दामा अनावश्यक राजनीतिकरण र हतियारीकरण नगर्न अमेरिकालाई शालिनतापूर्वक आग्रह गरेको छ । चिनियाँ उपप्रधानमन्त्री ह लिफेङले चीन भ्रमणमा रहेका अमेरिकी सिनेटर स्टिभ डेनिससँग हिजो बेइजिङमा भएको कुराकानीमा त्यस्तो प्रवृत्तिको दृढतापूर्वक विरोध गरिरहने जानकारी दिएका छन् ।

चीनले संयुक्त राज्य अमेरिकासँग पारस्परिक सम्मान,समानता र पारस्परिक लाभका आधारमा स्पष्ट वार्ता गर्न इच्छुक रहेको सन्देश दिएको चिनियाँ समाचार संस्था सिजिटिएनले जनाएको छ । चीन र अमेरिकाको पारस्पारिक सफलता र साझा सम्बृध्दिबाट दुवै मुलुक र विश्वलाई फाइदा पुग्ने सन्दर्भ पनि कुराकानीमा उठाइएको छ ।

अमेरिकी रिपब्लिकन सिनेटर चीन भ्रमणको क्रममा बिहिबार बेइजिङ पुगेका थिए । उनले अस्ति चिनियाँ उपविदेशमन्त्री मा झाओक्सुसँग भेट गरेका थिए । उक्त भेटमा पनि चीन–अमेरिका सम्बन्ध र आपसी सरोकारका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू