अमेरिकाले नेपालीलाई भिसा नदिने

अमेरिकाले नेपालीलाई भिसा नदिने

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा (ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ । 

विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात् राज्यको स्रोतसाधनमाथि भार पर्नसक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो । सन् २०२६ जनवरी १४ मा गरिएको घोषणाअनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछ ।

यस कदमले एशिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका धेरै राष्ट्र प्रभावित हुने देखिन्छ । यद्यपि विद्यार्थी र पर्यटक भिसामा भने तत्काल रोक लगाइएको छैन ।

टिप्पणीहरू