राष्ट्रपतिको यात्रा सोलुखुम्बुतिर

राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु जान लाग्नुुभएको छ । उहाँ रक्षामन्त्री मानबहादुर राईसहित नेचासल्यानमा बिहान ११ बजे जाने कार्यक्रम छ । सेनाको हेलिकोप्टरमा जान लाग्नुभएका राष्ट्रपति दिउँसो साढे १ बजे नै फर्कने कार्यक्रम छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको एउटा टोली भने सेनाकै अर्को हेलिकोप्टरमा ओखलढुंगा गएको छ । प्रधानन्यायाधीश राउत, पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विनोद शर्मा, सर्वोच्चका रजिष्ट्रार देवेन्द्रराज ढकाल, न्यायपरिषदका सदस्य दामोदर खड्का बिहान ७ बजे काठमाडौं त्यता जानुभएको हो । उहाँहरु दिउँसो १ बजे सोही हेलिकोप्टरमा फर्कने बुझिएको छ ।
टिप्पणीहरू