लुम्बिनीमा चिनियाँ भाषा सिक्दै भारतीय विद्यार्थी

लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरको परीक्षामा भारतीय विद्यार्थी बढ्दै गएका छन्।
उक्त विश्वविद्यालयले गत वर्षदेखि चिनियाँ भाषा परीक्षा लिन थालेको छ । विश्वविद्यालयको देवदह शिक्षा विकास परियोजनाअन्तर्गत देवदहमा भाषा परीक्षा लिइन्छ । चिनियाँ भाषा परीक्षा दिनेमध्ये झण्डै आधा भारतीय विद्यार्थी छन्।
परियोजना निर्देशक डा. कुमार एचएसके परीक्षामा सहभागी ७२विद्यार्थीमध्ये ३४ जना भारतीय रहेको बताए । भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थीहरू परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन्। एचएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरको छ ।
लुम्बिनीमा भाषा परीक्षण शुरु भएपछि दुई देशका विद्यार्थीलाई सहज भइरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको चिनियाँ भाषा विषय समितिका अध्यक्ष डा. सागर न्यौपानेले बताए । भाषा परीक्षण केन्द्रमा चिनियाँ वसन्तचाड मनाइने फेब्रुअरीबाहेक हरेक महिना परीक्षा सञ्चालन हुने गरको छ । स्नातक तहमा समेत भारतबाट विद्यार्थी अध्ययन गर्न आएको विश्वविद्यालयले जनाएको छ ।
यहाँ चालु शैक्षिक सत्रमा मात्रै ३८ जना विद्यार्थी स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भएका छन्। आगामी शैक्षिक सत्रमा विदेशी विद्यार्थीको संख्या ब्यापक बढोत्तरी गर्ने योजना छ ।
टिप्पणीहरू